मोरङमा सर्पले डसेर महिलाको मृत्यु

Posted on: 27 Jun, 2024

असार १३, मोरङ । मोरङको रंगेली नगरपालिका–८ खयरबारीमा विषालु सर्पले डसेर महिलाको मृत्यु भएको छ। प्रहरीका अनुसार रंगेली–८ की ५७ वर्षीया कलादेवी ऋषिदेवको मृत्यु भएको हो। 

आफ्नै घरमा सुतिरहेका बेला ऋषिदेवलाई बुधबार राति १२ बजेतिर सर्पले डसेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए। 

उनका अनुसार कुन प्रजातिको सर्पले टोकेको हो भन्ने यकिन भएको छैन। सर्पले डस्नसाथ परिवारका सदस्यले ऋषिदेवलाई उपचारका लागि भारततर्फ लगेका थिए। उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

त्यसपछि शवलाई फर्काएर घरमै ल्याइएको थियो। प्रहरीले घटनाका बारेमा बिहीबार बिहान साढे ६ बजेतिर जानकारी पाएको थियो। घटनाको अनुसन्धान भइरहेको डीएसपी बस्नेतले बताए। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!