जेठ २४, झापा | झापामा स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । झापाको मेचीनगर नगरपालिका-१२ धाइजनस्थित मेची लोकमार्गमा बुधबार राति बिग्रिएर रोकिराखेको जिपलाई स्कुटरले ठक्कर दिँदा स्कुटरमा सवार दुईजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा स्कुटर चालक बुद्धशान्ति–५ का २५ वर्षीय लीलाप्रसाद ढुंगेल र त्यसमा सवार इलामको रोङ गाउँपालिका–५ बहुवनका २९ वर्षीय चेतन रिजाल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चारआलीबाट बुधबारेतर्फ जाँदै गरेको मे७प ७२८३ नम्बरको स्कुटरले सडकको बायाँतर्फ बिग्रिएर रोकिराखेको को१च ७२६४ नम्बरको जिपलाई ठक्कर दिएको हो । घटना सम्बन्धि थप अनुसन्धान भइरहेको प्रहरीले बताए |
यस बिषयमा तपाइको प्रतिक्रिया...!