ठमेलको चिनियाँ होटलमा सीआईबीको छापा, तीनजना नियन्त्रणमा

Posted on: 07 May, 2024

बैशाख २५, काठमाडौँ | केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ठमेलस्थित एक होटलमा छापा मारेको छ ।

हुन्डी कारोबारको आशंकामा चिनियाँ नागरिकले सञ्चालन गरेको होटलमा सीआईबीले छापा मारेको बुझिएको छ । प्रवक्ता होविन्द्र बोगटीले छापा मारेको पुष्टि गरे पनि होटलको नाम खुलाएनन् ।

बोगटीले तीनजनालाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!