आफैँ चढेको बसले ठक्कर दिँदा चितवनमा एक तीर्थयात्रीको मृत्यु

Posted on: 25 Apr, 2024

बैशाख १३, चितवन । चितवनको राप्ती नगरपालिकामा भएको छ। मृत्यु हुनेमा राप्ती नगरपालिका–२ गड्यौली बस्ने ६० वर्षीय निमा कुमारी रिजाल रहेकी छन्।

आज बिहान राप्ती–२ गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सुनसरीको चतराधाम तीर्थ गएर आएको बागमती प्रदेश ०३–००१ ख २७५३ नम्बरको बसमा सवार रिजाललाई ओर्लिएर बाटो काट्ने क्रममा सोही बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

बसको ठक्करबाट गम्भिर घाइते भएकी रिजालको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए। 

ठक्कर दिने बस र बस चालक मकवानपुर हेटौँडा उपमहानगरपालिका –१८ बस्ने ४१ वर्षका कृष्ण सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!