बैशाख १३, काठमाडौं । धारिलो हतियार देखाई बुहारी माथि करणी गरेको आरोपमा ससुरालाई प्रहरीले पक्राउ गरेको छ ।
गोरखाको सिरानचोक गाउँपालिका – ८ का ४१ वर्षीय व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठका अनुसार बुहारीले दिएको जाहेरीका आधारमा ससुरालाई पक्राउ गरिएको हो ।
गत भदौ १० गते बिहान ९ बजेको समयमा आफ्नै घरमा बसिरहेको बेलामा आफ्नै ससुराले धारिलो हतियार घाँटीमा राखी मार्ने धाक धम्की देखाई जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ ।
पक्राउ परेका ससुरालाई जबरजस्ती करणी उद्योग कसुरमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला अदालत गोरखाबाट ७ दिनको म्याद थप गरी घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!