खानोपानी सरसफाई तथा स्वच्छता विषयक छलफल कार्यक्रम सम्पन्न

Posted on: 23 Oct, 2016

दिनेश परियार, कात्र्तिक ७ बैतडी ।
जिल्ला शिक्षा अधिकारी लाल सिंह टेरको अध्यक्षता र विद्यालय निरिक्षक शंकर दत्त भट्ट को प्रमुख आतिथ्यतामा विद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता विषयक छलफल कार्यक्रम बैतडीमा सम्पन्न भएको छ ।

विकास तथा प्रकोप ब्यबस्थापन केन्द्रले विगत ७ महिना देखि बैतडीका ३६ वटा गाविसमा काम गर्दै आएको र उक्त अवधि भित्र भएका उपलब्धीहरुको वारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको हो ।

बिश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग र सि डी एम नेपालको प्राबिधिक सहयोगमा बैतडीका दिवा खाजा कार्यक्रम सञ्चालन भएका १ सय ९९ वटा बिद्यालयहरुमा खानेपानी,सरसफाई तथा स्वच्छता समन्वय समिति गठन गरिएको छलफलमा बताईएको छ ।

प्राथमिक बिद्यालयहरुमा बिद्यालय खानेपानी,सरसफाई तथा स्वच्छता समन्वय समिति गठन गरेर समितिका सदस्यहरुलाई ब्यक्तिगत, घरायसी र वातावरणीय सरसफाई, पौष्टिक आहारको महत्व र फोहोरको उचित ब्यवस्थापन बारे जानाकारी गराईएको थियो ।

खानेपानी,सरसफाई तथा स्वच्छता समन्वय समिति संगै बाल क्लबहरु पनि गठन गरिएको छ । बाल कलबहरुले बिद्यार्थीहरुलाई ब्यक्तिगत सरसफाई तथा कहिले, किन, कसरी र के को प्रयोग गरेर हात धुनु पर्दछ भन्ने बारेमा १ सय ९९ वटा प्राथमिक बिद्यालयहरुमा जानाकारी गराईएको जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता कार्यक्रमका जिल्ला अधिकृत सुरेन्द्र जैरुले जानकारी दिनु भयो ।

स्वच्छता समन्वय समिति र बाल क्लब गठन गरिएपछी शिक्षक, बिद्यार्थी र अभिभाबकहरुमा सकारात्मक परिवर्तन भएको बिद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता कार्यक्रम अधिकृत जैरु जानकारी दिनु भयो ।

छलफलका सहभागी हरुले खानेपानी कार्यालयल, युनीसेफ लगाएतका अरु सस्थाहरुले पनी हात धुने लगाएतका सरसफाई सम्वनधी कार्यक्रम मात्रै सञ्चालन गर्ने हुदा अव फरक कार्यक्रम सञ्चालन गर्न सुझाव दिनु भयोको थियो ।

कार्यक्रमको समापन गर्दै जिल्ला शिक्षा अधिकारी टेरले सरसफाई गर्नको लागी पानीको आवस्यकता पर्ने हुदा प्रत्येक विद्यालयमा पानीको सुविधा भए पछी यो कार्यक्रम प्रभकारी हुने वताउनु भयो । यसको लागी जिल्ला शिक्षा कार्यालय ले जिल्ला खाने पानी डिभिजन कार्यालय संग सहकार्य गर्ने समेत वताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!