थालाकाँडा र गाँजरीमा एकिकृत घुम्ति शिविर संञ्चालन हुने

Posted on: 23 Oct, 2016

नरी बडु, कात्र्तिक ७ बैतडी ।
दुर्गमका स्थानीय नागरिकको सरकारी सेवा सुविधा उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्नको लागि जिल्ला प्रशासन कार्यालयको अगुवाईमा जिल्लाको थालाकाँडा र गाँजरी गाविसमा एकिकृत घुम्ति शिविर संञ्चालन हुने भएको छ ।

यसै महिनाको २६ र २७ गते जिल्लाको थालाकाँडा गाविसको मौरावगर र २९, २० गते जिल्लाको गाँजरी गाविसमा एकिकृत घुम्ति शिविर संञ्चालन गर्न लागिएको जिल्ला प्रशासन कार्यालयको फेसबुक (हेलो बैतडी) मा उल्लेख छ ।

घुम्ति शिविरमा जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशुसेवा कार्यालय, जिल्ला वन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, महिला तथा बालबालिका कार्यालय, सुख्खा फलफूल विकास केन्द्र, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, घरेलु तथा साना उद्योग विकास समितीको कार्यालय, नेपाली सेनाको शिविर, प्रहरी चौकि र जिल्ला हुलाका कार्यालयबाट प्रवाह हुने सेवा सुविधा दिन लागिएको प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले बताए ।

उक्त सिविरको प्रचार प्रसारका लागि गाविस सचिवहरुलाई निर्देशन दिने तथा जिल्लामा रहेका एफ.एमहरुलाई प्रयोग गर्ने चौधरीले बताए ।
यसका साथै कार्यालय शुक्रबार बसेको कार्यालय प्रमुखहरुको बैठकले तीहार तथा छट पर्वको समयमा पनि जिल्लाका सरकारी कार्यालयहरुमा पालो पहराको व्यवस्था मिलाउने निर्णय गरीएको उहाँले बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!