वैवाहिक बलात्कार गरेको भन्दै रवि ओडविरुद्ध श्रीमतीको जाहेरी, पक्राउ पुर्जी जारी

Posted on: 05 Apr, 2024

चैत २३, काठमाडौँ | नेपाल आइडल सिजन-२ का विजेता रवि ओडविरुद्ध उनकै श्रीमतीले जाहेरी दिएकी छिन् । गत २० गते उनले आफूमाथि वैवाहिक बलात्कार गरेको भन्दै जाहेरी दिएकी हुन् ।


कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमार्फत ओड पत्नीले जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता पुष्कर पन्तले जानकारी दिए । अदालतबाट पक्राउ पुर्जीसमेत जारी भइसकेको उनले बताए । गायक ओडको घर कृष्णपुर नगरपालिका, गुलरिया हो । उनी अहिलेसम्म पक्राउ नपरेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!