राजेशपायलले गरे पत्नी साङबुङसँग डिभोर्स

Posted on: 04 Apr, 2024

चैत २२, काठमाडौँ । चर्चित गायक राजेशपायल राईले श्रीमती साङबुङ राईसँग औपचारिक सम्बन्धविच्छेद गरेका छन् । 

यसै साता उनीहरूले काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेदका लागि मिलापत्र गरेको निकट स्रोतले जानकारी दियो ।


आफूभन्दा २६ वर्ष कान्छी साङबुङसँग दुई वर्षसम्म राजेशपायलको गोप्य अफेयर चलेको थियो । आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका राई र साङबुङले गत वर्ष साउनतिर पुत्रलाभ गरेपछि विवाह दर्ता गरेका थिए ।

सम्बन्धविच्छेदको मुद्दा राजेशपायलले हालेका थिए । सम्बन्ध तोड्न साङबुङले उच्च डिमान्ड गरेकी थिइन् । अन्ततः राजेशपायलले उनको मागहरू पूरा गरिदिएका छन् । जसअनुसार नक्सालमा रहेको राजेशपायलको घर साङबुङले पाएकी छन् । साढे तीन तलाको यो घरको मूल्य करिब ५ करोड पर्ने दाबी गरिएको छ । यसैगरी राजेशपायलले नगद ५० लाख रूपैयाँ पनि दिएका छन् ।

राजेश पायल र साङबुङका एक छोरा छन् । उनीहरू औपचारिक विवाह नगरीकन लिभ इनमा बसिरहँदा पुत्रलाभ भएको थियो । छोरा करिब दुई वर्षको भएका छन् । डिभोर्सपछि उनी आमाको साथमा बस्नेछन् भने छोराको पढाइको खर्च राजेशपायलले व्यहोर्ने छन् । छोरालाई जुनसुकै स्कूलमा पढाए पनि बाबुले फी तिर्ने सम्झौता भएको छ । 


उनि आज रक्सी खाएर होहल्ला गरेको आरोपमा पक्राउ परेर छुटेका हुन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!