जंगलमा झुण्डिएको अवस्थामा प्रहरी जवान मृत फेला

Posted on: 04 Apr, 2024

चैत २२, काठमाडौँ । धनगढी उपमहानगरपालिकाको मनेहरा जंगलमा एक प्रहरी जवानले पासो लगाएर आत्महत्या गरेको अवस्थामा फेला परेका छन्। दार्चुलाको शैल्यशिखर नगरपालिका-६ घर भएका ३६ वर्षीय सुरजराम लोहार बुधबार राति हुलाकी सडकभन्दा सय मिटर भित्र मनेहराको जंगलमा झुण्डिएको अवस्थामा फेला परेका हुन्।


जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक पदमबहादुर बिष्टले आफन्तहरु आइरहेकाले पासो नखोलेको बताए। उनी जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत थिए। उनकी श्रीमती पनि प्रहरी हुन्। उनी कैलालीको अस्थायी प्रहरी पोस्ट गेटामा कार्यरत छन्।

प्रहरीले आत्महत्याको कारण पारिवारिक रहेको जनाएको छ। ती प्रहरी जवानको टीकापुरमा एक जनासँग प्रेम सम्बन्ध रहेको र बुधबार उनी टीकापुरबाटै फर्किदै गरेका बेला बाटोमा पर्ने जंगलमा आत्महत्या गरेको प्रहरीले जनाएको छ। ‘सडक छेउमा मोटरसाइकल राखेर जंगलभित्र गएर पासो लगाएका छन्। उनका बुवा दार्चुलाबाट बिहानै हिँडिसकेको खबर आएको छ। परिवारका सदस्य आएपछि मात्रै पासो काट्नु भनेको छु’ एसपी विष्टले भने।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!