जसपाले इलाममा थेगिमलाई सघाउने, बझाङमा रामबहादुरलाई उमेदवार बनायो

Posted on: 04 Apr, 2024

चैत २२, काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)ले इलाम क्षेत्र नम्बर २ मा पहिचानवादीतर्फका स्वतन्त्र उमेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ । 

बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले डकेन्द्र सिंह थेगिमलाई समर्थन गर्ने निर्णय गरिएको प्रवक्ता मनीष सुमनले जानकारी दिए । त्यस्तै, बझाङ–१ ‘क’ मा आफ्नै पार्टीबाट उमेदवार उठाउने निर्णय गरिएको छ । रामबहादुर जाग्रीलाई उमेदवार बनाउने निर्णय गरिएको प्रवक्ता सुमनले जानकारी दिए । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि चैत २४ गते उमेदवारी दर्ता हुँदैछ । 

त्यस्तै, बैठकले प्रतिनिधिसभाको समानुपातिकतर्फ रिक्त रहेको पदमा हसिना खानलाई सांसद बनाउने निर्णय गरेको छ । खानलाई सांसद बनाउन निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरिएको उनले जानकारी दिए । बैठकले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!