घरभित्रै श्रीमान श्रीमती गम्भीर घाइते अवस्थामा फेला

Posted on: 02 Apr, 2024

चैत २०, काठमाडौँ । बाँकेको खजुरामा गम्भीर घाइते अवस्थामा रहेका श्रीमान श्रीमतीलाई प्रहरीले उद्दार गरेर अस्पताल पठाएको छ । खजुरा ३ बी गाउँमा घाँटी लगायतका स्थानमा धारिलो हतियारले रेटिएको अवस्थामा रहेका श्रीमान श्रीमतीलाई उद्दार गरि प्रहरीले अस्पताल पठाएको हो ।

घरभित्र चुक्कुल लगाएर आपसी झगडा गरिरहेका उनीहरुले धारिलो हतियारले हानाहान गरेको छिमेकीले सूचना दिएपछि प्रहरीले मुल ढोका फोडेर उनीहरुको उद्दार गरेको बताइएको छ । घरभित्र गम्भीर घाइते अवस्थामा रहेका खजुरा ३ का २९ वर्षिय महेन्द्र रावत र २७ वर्षिया रितार्सिह ठकुरीलाई उद्दार गरि मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज पठाइएको बाँके प्रहरी प्रवक्ता डीएसपी नाराण डाँगीले बताए ।

घाइते दुबैको अवस्था गम्भीर रहेको डीएसपी डाँगीले बताए । घटनाको इलाका प्रहरी कार्यालय धनौलीले अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!