जापानको परीक्षा केन्द्रबाट २३ जनाले एसइई दिदै

Posted on: 27 Mar, 2024

चैत १४, काठमाडौँ । बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षामा जापानबाट २३ जना सहभागी हुने भएका छन् । 


परीक्षा नियन्त्रण कार्यालयका एसइर्ई परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार जापानमा रहेको एभरेष्ट स्कूलमा एक परीक्षा केन्द्रबाट १५ छात्रा र आठ छात्र गरी २३ विद्यार्थीले परीक्षा दिने भएका छन् ।

जापानको परीक्षा केन्द्रको जापानस्थित नेपाली दूतावासले परीक्षाको अनुगमन गर्ने भएको छ । जापानमा केन्द्र रहेको स्कूलको प्रिन्सिपललाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको छ । हुलाकमार्फतमा उत्तर पुस्तिका पठाइएको जापानमा परीक्षा सुरु हुनु अगाडि इमेलमार्फत प्रश्नपत्र पठाइने परीक्षा नियन्त्रक पौडेलले जानकारी दिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!