समुद्री तटमा खसालिएको राहत सामग्री लिन खोज्दा गाजामा १८ जनाको मृत्यु

Posted on: 27 Mar, 2024

चैत १४, काठमाडौँ | उत्तरी गाजामा राहत सामाग्री बाँड्ने क्रममा १८ जनाको मृत्यु भएको छ । त्यहाँको सरकारी सञ्चार माध्यमले यस्तो बताएको हो । समुद्र किनारमा प्यारासुटबाट खसालिएको राहतको पोकाहरू खोज्ने क्रममा १२ जना डुबेका थिए । अन्य ६ जना चाँहि भागदौडका क्रममा थिचेर मरेको बताइएको छ ।


एउटा विज्ञप्तिमा हवाई माध्यमबाट राहत सामाग्री खसाल्न तत्कालै बन्द गर्नु पर्ने माग उठिरहेको छ । सोमबार उत्तरी सहर बेत लाहियाको तटीय क्षेत्रमा प्यारासुटमार्फत राहत सामाग्री खसाल्ने बित्तिकै स्थानीयहरू दौडिएर त्यहाँ पुगेका थिए ।

सोमबार एक टन बराबरका राहत सामग्री राखिएका १५९ ओटा पोकाहरू प्यारासुटबाट खसालिएको थियो । गाजामा बढ्दो खाद्य सङ्कटलाई हवाई माध्यमबाट यसरी वितरण गरिने राहत सामाग्रीले मेट्न नसक्ने चेतावनी मानव अधिकारीवादी संघसंस्थाहरूले दिइरहेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!