बलिउड चलचित्र रामायणमा दशरथको भुमिकामा अभिताभ बच्चन

Posted on: 26 Mar, 2024

चैत १३, मुम्बइ | नितेश तिवारीको फिल्म ‘रामायण’ मा दशरथको भुमिकामा अभिताभ बच्चन देखिने संकेत देखिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार बिग बिलाइ दशरथको भुमिका निभाउनका लागि अफर गरिएको छ तर बच्चनले अहिले नै टुंगो भने दिइसकेका छैनन । उनी यसका बारेमा इच्छुक भए पनि निर्णय भने लिइ सकेका छैनन, यद्दपी कुराकानी चलिरहेको छ । 


सो फिल्मको रामको भुमिकामा रणवीर कपुर तथा सीताको भूमिकाका लागि साई पल्लवीलाई यसअघि नै छनोट गरि सकिएको छ । फिल्ममा केजीएफ स्टार यशले रावणको भूमिका निभाउने सम्भावना छ भने सनी देओललाई हनुमानको भूमिकामा राखिएको बताइएको छ । भाइ कुम्भकर्ण र विभिषणको भूमिकाका लागि बबी देओल र विजय सेतुपतिसँग कुराकानी भइरहेको भारतीय मिडियाले लेखेका छन । 

तर, यसै बर्षको सुरूमा सुटिङ गर्ने भने पनि सुटिङ समय अन्यौल भइरहेको छ । कलाकारहरू चयन भइनसकेकाले सुटिङमा रामायण जानका लागि अझै समय लाग्ने जनाइएको छ । ‘धेरै आन्तरिक समस्या’ पहिले समाधान पछि बल्ल सुटिङमा जाने नितेश तिवारीले जनाएका छन् । 

‘प्रोजेक्ट चलिरहेको छ तर यो वर्षमा गर्ने प्रयास हो तर अझै यहाँ धेरै आन्तरिक कामहरू मिलाउन बाँकी रहेका छन,’ बलिउड हंगामाले उल्लेख गरेको छ । समाचारमा यो पनि भनिएको छ कि कलाकारहरूको पोशाक डिजाइन बनाउन ढिलाइ भएको छ किनभने पोशाकहरूले पौराणिक कालिन झल्को दिनु पर्ने हुन्छ ।’

 



यस बिषयमा तपाइको प्रतिक्रिया...!