चैत १२, काठमाडौँ । हास्यकलाकार पवन खतिवडालाई कुटपिट अभियोगमा पक्राउ परेकी शर्मिला वाइबा २८ दिनपछि धरौटीमा रिहा भएकी छिन्।
उनी कलाकार पवन खतिवडाको उजुरीपछि फागुन १६ गते सिन्धुपाल्चोकबाट पक्राउ परेकी थिइन्।
कुटपिट र विद्युतीय कारोबारको मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेकी वाइबालाई अदालतले छोड्ने आदेश दिएको हो । उनलाई कुटपिट मुद्दामा १० हजार र विद्युतीय कारोबार मुद्दामा २५ हजार रुपैयाँ धरौटी मागिएको अदालतका एक सूचना अधिकारी जानकारी दिए ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!