पृथ्वीलाई चन्द्रमा र मङ्गल ग्रहसम्म जोड्ने बुलेट रेल बनाउदै जापान

Posted on: 25 Mar, 2024

चैत १२, काठमाडौँ | जापानले चन्द्रमासम्म बुलेट रेल चलाउने तयारी गरिरहेको छ ।

जापानको क्योटो विश्वविद्यालयका शोधकर्ताहरूले काजिमा कन्स्ट्रक्सनसँग मिलेर पृथ्वीलाई चन्द्रमा र मङ्गल ग्रहसम्म जोड्ने रेलको निर्माण गर्ने योजनामा काम गरिरहेका छन् । यो सँगै पृथ्वीभन्दा बाहिर मानिसहरूलाई बसाउनका लागि एउटा कृत्रिम आवास बनाउने योजना पनि रहेको छ । यसका लागि सोधकर्ताहरू एउटा जीवन्त आवास बनाउने योजनामा जुटेका छन् ।

यो एउटा सोली आकारको भवन हुनेछ जसमा पृथ्वीमै जस्तो गुरुत्वाकर्षण तथा वातावरण तयार गरिनेछ ।

उक्त भवनको नाम ग्लास राखिएको छ । यसको बनावटले मानिसको शारीरिक रचनालाई कम गुरुत्वाकर्षण वा शून्य गुरुत्वाकर्षणको स्थितिमा कमजोर हुनबाट बचाउनेछ। यसमा कृत्रिम गुरुत्वाकर्षणसँगै पृथ्वीकै जस्ता सुविधाहरू हुनेछन् ।

उक्त कोलोनी चन्द्रमा तथा मङ्गल ग्रहमा बनाइनेछ । उक्त कोलोनीका सिसा घरभित्र सहजै बस्न सकिनेछ तर बाहिर निस्किँदा स्पेस शूट लगाउनु पर्नेछ । उक्त बस्तीमा सार्वजनिक यातायातको सुविधा हुनेछ ।

उक्त रेल पृथ्वीबाट चन्द्रमा तथा मङ्गल ग्रहका लागि छुट्नेछ । यो एक अन्तर ग्रह परिवहन प्रणालीको रूपमा रहनेछ । उक्त बुलेट ट्रेनको नाम हेक्जाट्रयाक राखिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!