रोजगारीको सिलसिलामा भारत पुगेका सल्यानका ४३ वर्षीय हिरालालको करेन्ट लागेर मृत्यु

Posted on: 22 Mar, 2024

चैत ९, सल्यान | भारतको अहमदाबादमा करेन्ट लागेर सल्यानका एक पुरुषको मृत्यु भएको छ । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका-४ गर्चे रिठेचौरका वर्ष ४३ का हिरालाल बुढाथोकीको मृत्यु भएको हो ।


बुढाथोकी रोजगारीको सिलसिलामा केहि साताअघि मात्रै भारतको अहमदाबाद गएका थिए । बुढाथोकीसँगै काम गर्दै आएका छिमेकी हस्तबहादुर रानाका अनुसार अहमदाबादस्थित सान्नदा भन्ने ठाँउमा घरको सिढी चढ्ने क्रममा खुटटा चिप्लिएर लडेका बुढाथोकी बिजुलीको तारमा पर्दा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । नजिकैको अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको थियो ।

करेन्ट लागेर मृत्यु भएका बुढाथोकीको शव नेपाल यातायात व्ययासायी संघको आर्थिक सहयोगमा घर फर्काउने तैयारी भएको आफन्त खुमबहादुर खडकाले जानकारी गराए । मृतक बुढाथोकीका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!