नेपाल विश्व खुसी सूचाङ्कमा ९३औँ स्थानमा

Posted on: 22 Mar, 2024

चैत ९, काठमाडौँ | विश्व खुसी प्रतिवेदनमा नेपाल संसारको सबैभन्दा खुसी हुने देशको ९३औँ स्थानमा रहेको छ । विश्व खुसी प्रतिवेदन, २०२४ अनुसार १४३ देशहरुमध्ये खुसी सूचाङ्कमा नेपालले ९३औँ स्थानमा रहेको हो ।
सो प्रतिवेदन अनुसार उक्त सूचीको पहिलो स्थानमा फिनल्याण्ड छ । फिनल्याण्ड लगातार सात वर्षदेखि शीर्ष स्थानमा रहँदै आएको छ ।

त्यस्तै फिनल्याण्डपछि प्रमुख डेनमार्क, आइसल्याण्ड, स्वीडेन, इजरायल, नेदरल्याण्ड, नर्वे, लक्जमवर्ग, स्वीजरल्याण्ड र अस्ट्रेलिया रहेका छन् । 
त्यस्तै यस सूचीमा छिमेकी देश चीन ६०औं स्थानमा रहेको छ भने भारत १२६औं स्थानमा रहेको छ । त्यस्तै यस सूचीको पुछारमा अफगानिस्तान रहेको छ ।

उक्त प्रतिवेदन गलुप, अक्सफोर्ड विश्वविद्यालयको वेलबिइङ रिसर्च सेन्टर, संयुक्त राष्ट्रसङ्घ दिगो विकास सोलुसन नेटवर्क र वर्ल्ड ह्यापिनेस रिपोर्टको सम्पादक बोर्डले प्रकाशन गरेका हुन् ।
विषय खुसी प्रतिवेदन आफ्नो जीवनशैलीलाई राम्रोदेखि खराबसम्मको शून्यदेखि १० नम्बरबीच अङ्क दिने गरी प्रश्न सोधेर तयार गरिएको बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!