कोदालो प्रहारबाट गम्भीर घाइते भएकी ५६ वर्षीया पार्वती धामीको मृत्यु, श्रीमान् पक्राउ

Posted on: 21 Mar, 2024

चैत ८, बैतडी | बैतडीको डिलासैनीमा एक पुरुषले कोदालो प्रहार गर्दा एक जनाको मृत्यु भएको छ। कोदालो प्रहारबाट उनकी श्रीमती ५६ वर्षीया पार्वती धामीको मृत्यु भएको हो ।

बैतडी जिल्‍लाको डिलाशैनी गाउँपालिका ७ धामीगाउँका ६२ वर्षीय किसनसिंह धामीले बिहीबार बिहान ९ बजे कोदालो प्रहार गर्दा उनकी श्रीमती ५६ वर्षीया पार्वती धामी, दशरथचन्द नगरपालिका ९ घर भएर डिलाशैनी गाउँपालिका उद्यम विकास शाखा प्रमुखका रूपमा कार्यरत २९ वर्षीय सुभाष कलौनी र डिलाशैनी गाउँपालिकामा कार्यालय सहयोगीका रूपमा कार्यरत २६ वर्षीय देवराज भट्ट गम्भीर घाइते भएका थिए। 

घाइतेहरूको टाउको र अनुहारमा चोट लागेको छ भने उपचारका लागि हेलिकाेप्टरबाट कोहलपुर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए। घटनामा संलग्न धामीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनको भनाइ छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!