सुस्मा हत्या प्रकरण : अभियुक्तले प्रयोग गरेका सामग्री सार्वजनिक

Posted on: 17 Mar, 2024

चैत ४, काठमाडौँ |  काठमाडौँको गोकर्णेश्वर नगरपालिकाकी सुस्मा लामाको हत्या प्रकरणमा अभियुक्तले प्रयोग गरेका सामग्री प्रहरीले सार्वजनिक गरेको छ ।

प्रहरीले आइतबार अभियुक्तले खाल्डो खन्न प्रयोग गरेको कुटोदेखि मृतकको मोबाइलसम्म सार्वजनिक गरेको हो  ।


१२ कक्षामा अध्ययनरत १८ वर्षीय सुस्मा लामालाई हत्या गरेर गाडेको अवस्थामा फागुन २५ गते प्रहरीले शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रको तारेभिरबाट शव उत्खनन गरेको थियो ।

लामाको हत्या आरोपमा प्रहरीले २१ वर्षका रुपेन्द्र लामालाई शुक्रबार पक्राउ गरेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!