म्यानचेष्टर सिटी एफए कपको सेमिफाइनलमा

Posted on: 17 Mar, 2024

चैत ४, काठमाडौँ | बर्नार्डो शिल्भाको दुई गोल मद्दतमा न्यूक्यासल युनाइटेडलाई २-० ले पराजित गर्दै म्यानचेष्टर सिटी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलमा बर्नार्डोले पहिलो हाफमै दुई गोल गरेका थिए । उनले १३औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए भने ३१औं मिनेटमा दोस्रो गोल गरेका थिए ।

त्यसपछि भने दुवै टिमबाट गोल हुन सकेन ।

पेप ग्वार्डिओलाको टिम सिटी गत सिजनको जस्तै ट्रेबल उवाधि जित्ने होडमा कायम छ । सिटीले गत सिजन च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कपको उपाधि जितेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!