कलेज हिँडेकी सुष्मा लामाको हत्यामा संलग्न युवक पक्राउ, शिवपुरी जंगलमा भेटिएको थियो शव

Posted on: 17 Mar, 2024

चैत ४, काठमाडौँ | काठमाडौँ गोकर्णेश्वर नगरपालिका– ३ स्थित तारेभिर जंगलमा शव गाडिएको अवस्थामा फेला परेकी सुष्मा लामाको हत्या गरेको आरोपमा पक्राउ परेका युवकलाई प्रहरीले सार्वजनिक गरेकाे छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सुस्माकाे हत्यामा संलग्न भएकाे आराेपमा  तारेभिर बस्ने  २१ वर्षीय रुपेन्द्र लामालाई सार्वजनिक गरेकाे हाे ।


तारेभिरकै स्थानीय रहेकी सुस्मा गत माघ २२ गते कलेज जान्छु भनेर घरबाट निस्किएकी सम्पर्कबिहीन भएकी थिइन् । उनी बुढानिलकण्ठ माविमा कक्षा १२ मा पढ्दै थिइन् ।

उनको परिवारले उनी हराएको भन्दै खोजी गरिदिन बौद्ध प्रहरीमा उजुरी दिएका थिए ।

सोही क्रममागत फागुन २५ गते प्रहरीले गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ तारेभीरभन्दा माथि शिवपुरी राष्ट्रिय निकुञ्ज जंगलमा गाडिएको अवस्थामा १८ वर्षीयालामाको शव फेला पारेको थियो।

उनको शव गाडिएको अवस्थामा जंगलमा गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । लगतै प्रहरीले उनको शव डोरीले बाँधेको अवस्थामा फेला परेको थियो । प्रहरीले उनको हत्या भएको हुन सक्ने आंशका अनुसन्धान सुरु गरेको थियो । प्रहरीका अनुसार  प्रेमकाे  कारण हत्या गरिएकाे  अनुसन्धानबाट खुलेकाे छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!