आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु

Posted on: 17 Mar, 2024

चैत ४, भोजपुर | भोजपुरको हतुवागडी गाउँपालिका वडा नम्बर ७ पात्लेपानीमा आगालागि हुँदा एउटै परिवारको ३ जना बालबालिकाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईका अनुसार केदार कार्कीका ५ वर्षका छोरा प्रनिश कार्की र रमेश कार्कीका ७ वर्षीया छोरी दिप्तिका र ३ वर्षीय छोरा देउनिस कार्कीको मृत्यु भएको हो ।

गोठबाट सल्किएको आगोले खेलिरहेका बच्चालाई भेटेको र उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, भोजपुरको टक्सारमा जंगलबाट सुरु भएको आगो बस्तीमा पस्दा ८ घर पूर्ण रूपमा जलेका छन् ।

भोजपुर नगरपालिका-१२, टक्सारको मालेबाँसस्थित जंगलमा लागेको आगो बस्तीमा पस्दा घर-गोठ जलेको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!