जब ओस्कारको स्टेजमा न्यूड पुगे जोन सिना

Posted on: 11 Mar, 2024

फागुन २८, काठमाडौँ | नेपाली समयअनुसार सोमबार संसारकै प्रतिष्ठित मानिने ओस्कार अवार्ड (द एकेडेमी अवार्ड) वितरण गरियो । अवार्ड कार्यक्रममा विजेतासँगै यस्ता मुभमेन्ट भए, जुन सर्वाधिक चर्चाको विषय बनेको छ । हलिउड अभिनेता तथा पूर्व रेस्लर जोन सिना न्यूड भएर ओस्कारको स्टेजमा पुग्दा धेरै अचम्ममा परेका थिए । उद्घोषक जिमी किमेलले बोलाएपछि जोन न्यूड भएर स्टेजमा पुगेका थिए ।


जिमीले ४६औं संस्करण अर्थात् सन् १९७४ मा एक व्यक्ति न्यूड भएर ओस्कारको मञ्जमा दौडिएको घटना स्मरण गर्छन् । त्यसैबेला स्टेजको पछाडिबाट उनलाई जोनले बोलाउँछन् । उनले न्यूड भएर स्टेजमा नजाने बताएपछि जिमीले मान्दैनन् । त्यसपछि जोनले जिमीबाट बेस्ट कस्ट्यूम विजेताको खाम लिन्छन् र त्यसले ‘प्राइभेट पार्ट’ छोपेर स्टेजमा पुग्छन् । तर, उनले खाम खोल्न सक्दैनन् ।
खुट्टा घिसार्दै स्टेजको माइकसम्म पुगेपछि उनले ठट्यौली शैली भन्छन्, ‘कस्ट्यूम निकै आवश्यक छ । सायद सबैभन्दा जरुरी चीज हो ।’ पछि केही व्यक्तिहरुले उनलाई पर्दामा बेर्छन् । त्यसपछि उनले बेस्ट कस्ट्यूम विजेताको नाम घोषणा गरेका थिए । खासमा यो जोन र जिमीले तयार पारेको प्रयाङ्क थियो । ओस्कारमा फिल्म ‘पुअर थिंग्स’ले कस्ट्यूम डिजाइनको अवार्ड प्राप्त गरेको थियो ।
ओस्कार अवार्ड समारोहमा गाजामा युद्धविरामको माग गर्दै भएको प्रदर्शन पनि ठूलो चर्चाको विषय बनेको छ । डल्बी थिएटरभन्दा बाहिर फिलिस्तीनको समर्थनमा प्रदर्शन भएको थियो । त्यस्तै, उक्त अवार्ड समारोहमा ​​​​​​​इन्डियन आर्ट डायरेक्टर नितिन देसाईलाई श्रद्धाञ्जली समेत दिइएको थियो । उनले ‘लगान’, ‘हम दिल दे चुके सनम’ जस्ता कयौं बलिउड फिल्मको सेट डिजाइन गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!