झन् बलियो बन्दै डलर, नेपाली रुपैयाँको भाउ १.०५ प्रतिशतले खस्कियो

Posted on: 10 Mar, 2024

फागुन २७, काठमाडौँ | चालु आर्थिक वर्षको ७ महिनामा नेपाली रुपैयाँ डलरसँग १ प्रतिशत बढीले अवमूल्यन भएको छ । २०८० असार मसान्तको तुलनामा २०८० माघ मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ १.०५ प्रतिशतले अवमूल्यन भएको हो । 


अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ३.१८ प्रतिशतले अवमूल्यन भएको थियो ।  २०८० माघ मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १३२ रुपैयाँ ५६ पैसा पुगेको छ । २०८० असार मसान्तमा उक्त विनिमय दर १३१ रुपैयाँ १७ पैसा रहेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!