१० वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ

Posted on: 09 Mar, 2024

फागुन २६, काठमाडौँ | तनहुँमा १० वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ब्यास नगरपालिका-११ चिसापानी नवआदर्स टोल बस्ने ५७ वर्षीय प्रेम बहादुर सार्कीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

सार्कीले ती बालिकालाई ललाई फकाई डरत्रास समेत देखाई सोही ठाउँस्थित जंगलको झाडीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!