जीबी राई पक्राउ परेका छैनन्, इन्टरपोलमार्फत् खोज्दैछौं- आईजीपी कुँवर

Posted on: 07 Mar, 2024

फागुन २४, काठमाडौँ | नेपाल प्रहरीले सहकारी ठगी मुद्दामा फरार रहेका गितेन्द्रबाबु राई (जीबी राई) पक्राउ परेको भन्ने हल्ला निराधार भएको बताएको छ ।

राईलाई सिंगापुरबाट पक्राउ गरेको समाचार सार्वजनिक भएपछि प्रहरीले अहिलेसम्म राई पक्राउ नपरेको जनाएको छ ।

नेपाल प्रहरीका आईजीपी बसन्त कुँवरले राई पक्राउ नपरेको बताए । उनले भने,‘ हामी इन्टरपोलमार्फत खोजि गर्दैछौं । अहिलेसम्म पक्राउ परेको छैन ।’

राई पक्राउ परेको भन्दै सामाजिक सञ्जालमा राई पक्राउ परेको भन्दै हल्ला फैलिएको थियाे ।

यस्तै नेपाल प्रहरीका प्रवक्ता भिमप्रसाद ढकालले पनि राई पक्राउ नपरेकाे बताए। ‘उनकाे खाेजी भइरहेकाे छ। तर पक्राउ परेकाे छैन। हल्ला कसरी फैलियाे थाहा छैन’, उनले भने। विभिन्न सहरकारीकाे बचत अपचलन गरेकाे आराेप लागेपछि उनी फ

रार छन्। यसअघि प्रहरीले उनी मलेसियामा लुकिबसेकाे भन्ने सूचना पाएपछि उनलाई पक्राउ गर्नका लागि इन्टरपाेलकाे सहयाेग मागेकाे थियाे। 



 

यस बिषयमा तपाइको प्रतिक्रिया...!