मैले फसाएको खेल मैले नै निकाल्नुपर्छ भनेर अन्तिम ओभर गरें : करण केसी

Posted on: 01 Mar, 2024

फागुन १८, काठमाडौँ  | नामिबियाविरुद्धको अन्तिम ओभरमा उत्कृष्ट बलिङ गर्दै नेपाललाई ३ रनको रोमाञ्चक जित दिलाएको करण केसी आफुले फसाएको खेल आफैं नै निकाल्छु भन्ने मनस्थितिमा बलिङ गरेको बताएका छन् । जितपछि उनले पत्रकारसँग कुरा गर्दै यस्तो भनेका हुन् ।

‘अन्तिम ओभर थियो । मेरो पनि अन्तिम ओभर थियो । मलाई कस्तो फिल भयो भने मैले नै फसाएको खेल हो । मैले नै निकाल्नुपर्छ भनेर रोहितलाई नै भने मैले फाल्छु भनेर । कप्तानले पनि सर्पाेट ग¥यो,’ उनले भने ।

प्रेसरभन्दा पनि इन्जोय गरेर खेल्ने गरेको करणले सुनाए ।

उनले भने, ‘प्रेसरभन्दा पनि म चाहिँ आफ्नो खेलमा इन्जोय गर्छु जहिले पनि त्यहि सम्झिएर खेल्छु । राम्रो गर्दा गर्दा कुनै दिन नराम्रो पनि हुन्छ । तर, अर्काे दिन फेरि राम्रो गर्नुपर्छ भनेर प्रेसर चाहिँ हुन्छ । तर, मचाहिँ इन्जोय गर्छु ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!