माओवादीको प्रश्न- यहि संविधान मान्छु भनेर शपथ खाएर आइसकेपछि व्यवस्थाको विरोध गर्न पाइन्छ ?

Posted on: 01 Mar, 2024

फागुन १८, काठमाडौँ | नेकपा माओवादी केन्द्रले संसद्‌मा व्यवस्थाविरुद्ध सांसदहरुले अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाएको छ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद देवेन्द्र पौडेलले यो व्यवस्थालाई मान्छौं भनेर संसदमा शपथ खाएर आइसकेपछि व्यवस्थाको विरोध गर्न नमिल्ने बताए।

उनले भने, यो संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी, समानुपातिकता जस्ता प्रणाली ल्याउनको लागि हजारौंको बलिदान, रगत र पसिनाबाट आएको हो। हामीले यो व्यवस्थालाई मान्छौं भनेर संसदमा शपथ खाएका हुन्छौं। शपथ खाएर मात्रै हामी सदनमा प्रवेश गरेका हुन्छौं। तर, यहाँ दिनदिनै व्यवस्थाको विरोध गरेका सुन्छौं।र शपथ खाएर आइसकेपछि, संविधान मान्छु भनिसकेछि यो प्रणालीको विरोध गर्न पाइन्छ?

यस बिषयमा तपाइको प्रतिक्रिया...!