इलाम-२ मा आफूले नै टिकट पाउने काँग्रेस नेता खड्काको दाबी

Posted on: 29 Feb, 2024

फागुन १७, इलाम | नेपाली काँग्रेसको इलाम जिल्ला सभापति डम्बर खड्काले १५ वैशाखमा इलाम-२ मा हुने उपनिर्वाचनमा आफू उम्मेदवार बन्ने बताएका छन् ।

आफूलाई पार्टी सभापति शेरबहादुर देउवाले उपनिर्वाचनको तयारीमा लाग्न निर्देशन दिएको भन्दै उनले सो दाबी गरेका हुन् । उनले भने, ‘टिकट त मैले नै पाउँछु नि । महासमिति बैठकको बेला उपनिर्वाचनको तयारी गर्नुस् भन्नुभएको छ । मैले टिकट पाउने त निश्चित जस्तै हो नि ।’


आफू पार्टीको जिल्ला सभापति पनि भएकाले उम्मेदवारीमा आफ्नो हक रहेको खड्काले बताए । यसअघि ४ मङ्सिर २०७९ मा भएको प्रतिनिधि सभा निर्वाचनमा इलाम-२ बाट नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ निर्वाचित हुँदा खड्का ११४ मतान्तरले पराजित भएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!