मेयर बालेनले टर्चर दिएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको आरोप

Posted on: 28 Feb, 2024

फागुन १६, काठमाडौं | मेयर बालेन शाहले टर्चर दिएको र विनाकारण जिम्मेवारीविहीन बनाएको भन्दै काठमाडौं महानगरपालिकाकी एक कर्मचारीले कानूनी र पेशागत लडाइँ सुरू भएको घोषणा गरेकी छन् ।

काठमाडौं महानगरपालिकामा कार्यरत आठौं तहकी वरिष्ठ कानून अधिकृत सस्मिता घिमिरेले लामो समयदेखि मेयर बालेन शाहको प्रशासनमा विनाकारण जिम्मेवारीविहीन बनाएर राखिएको र कार्यालयमा जाँदा बस्ने कुर्सीसमेत नदिइएको आरोप लगाएकी छन् ।


उनले बुधबार वक्तव्य जारी गर्दै आफू क्यान्सर सर्भाइभर रहेको र लोकसेवा पास गरेको राष्ट्रसेवक भएको भन्दै मेयर बालेनले बाहिरका आफूनिकट वकिललाई अनियमित ढंगले पैसा खर्च गरेर करारमा राखी, महानगरका कर्मचारीलाई जिम्मेवारीविहीन बनाएको आरोपसमेत लगाएकी छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!