नेदरल्याण्ड्सविरुद्ध नेपाललाई दोस्रो झट्का

Posted on: 28 Feb, 2024

फागुन १६, काठमाडौं | त्रिकोणात्मक टी–२० सिरिजमा नेदरल्याण्ड्सले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याउनेक्रममा नेपालले दोस्रो विकेट गुमाएको छ ।

नेपालले दोस्रो विकेटको रूपमा आसिफ शेखलाई गुमाएको हो । आसिफ ३४ रन बनाएर आउट भए । नवौँ ओभरको पहिलो बलमा आसिफ स्पम्पिङ भएका हुन् । यससँग आसिफ शेख र कप्तान रोहित पौडेलको ६५ रनको साझेदारी अन्त्य भएको छ ।

रोहित २९ रन बनाएर क्रिजमा छन् । यसअघि पहिलो विकेटको रूपमा नेपालले ओपनर कुशल भुर्तेललाई शून्य रनमा गुमाएको थियो । पहिलो ओभरको चौथो बलमा भुर्तेल डक आउट भएका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!