आजबाट काठमाडौँका यी स्थानमा एक सातासम्म विद्युत् सेवा अवरुद्ध हुने

Posted on: 28 Feb, 2024

फागुन १६, काठमाडौँ | नेपाल विद्युत् प्राधिकरणले आज एक सूचना जारी गर्दै एक सातासम्म काठमाडौँका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको छ । प्राधिकरणको महाराजगन्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्य भइरहेकाले आजदेखि आगामी फागुन २२ गतेसम्म विद्युत् लाइन अवरुद्ध हुने जनाइएको छ । 

बुधबार बालुवाटार फिडबाट वितरण भएको विद्युत् सेवा अवरुद्ध हुनेछ । महाराजगन्ज मिनिसोदेखि पञ्चकन्या स्कुलसम्मको क्षेत्रमा आज विद्युत् सेवा उपलब्ध हुने छैन । 

बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!