वैदेशिक रोजगारमा पोल्यान्ड पुगेका नेपाली युवकको छुरा प्रहारबाट मृत्यु

Posted on: 27 Feb, 2024

फागुन १५, काठमाडौँ | वैदेशिक रोजगारीका लागि पोल्यान्ड पुगेका एक २९ वर्षीय नेपाली युवकको सहकर्मीको छुरा प्रहारबाट मृत्यु भएको छ। मदिराले मातेका आफ्नै सहकर्मीले उनलाई छुरा प्रहार गरेका हुन्।

खोटाङ साकेलाका राजेश दाहालले सहकर्मीको छुरा प्रहारबाट ज्यान गुमाएका हुन्।


जर्जियाका उनीसँगै काम गर्ने ३५ वर्षीय युवकले राजेशलाई छुरा हानेका थिए। शनिबार राति छुरा हान्नेबित्तिकै लडेका राजेशको निधन भएको उनका साथीहरुले जानकारी दिएका छन्।

प्रहरीले हत्यामा संलग्न जर्जियन युवकसहित उनकी श्रीमती र अर्की एक महिलालाई पक्राउ गरेको छ।

अहिले दाहालको शव परीक्षणका लागि अस्पतालको शवगृहमा राखिएको छ। उनको शव नेपाल ल्याउने वा नल्याउनेबारे निर्णय नभइसकेको एनआरएन पोल्यान्डले जानकारी दिएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!