धनुषामा अपहरित एक वर्षीय बालकको उद्धार, अपहरणकारी महिला पक्राउ

Posted on: 27 Feb, 2024

फागुन १५, काठमाडौँ | धनुषा प्रहरीले जनकपुरधाम उपमहानगरपालिका २३ बाट अपहरित एक बालकको उद्धार र अपहरणकारी महिलालाई पक्राउ गरेको छ ।

फाल्गुन १२ गते दिउँसो महोत्तरीको पिपरा गाउँपालिका ७ का दीपक झाको एक वर्षीय बालक रुद्रांश झा अपहरणमा परेका थिए । उनलाई महोत्तरीकै लोहारपट्टी नगरपालिका ३ बाट उद्धार गरिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन‌‌‌ अवाले जानकारी दिए ।

उनका अनुसार बालकलाई लोहारपट्टी नगरपालिका ३ कै विभादेवी मण्डलको साथमा फेला परेका छन् । अपहरणमा विभादेवीको संलग्नता देखिएकाले उनलाई समेत नियन्त्रणमा लिएर कारबाही अगाडी बढाइएको छ ।

डेरा लिएर बसेको घरको अगाडी खेलिरहेको अवस्थामा बालक रुद्रांशलाई विभादेवीले अपहरण गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनीमाथि प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!