तरुण दलका नेतालाई गोली हानेको आरोपमा ४ जना पक्राउ, भारतीय सुटरको संलग्नता

Posted on: 25 Feb, 2024

फागुन १३, सुर्खेत । तरुण दलका जिल्ला सदस्य विनोद गिरीलाई गोली हानेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।

शनिबार बेलुका वीरेन्द्रनगर नगरपालिका–१, देउतीथान नजिक स्थानीय विनोद गिरीलाई लक्षित गरेर गोली चलेको थियो। यद्यपि गोली उनी चढेको गाडीमा मात्र लागेको थियो।


गिरी नेपाली कांग्रेस निकट तरुण दलको जिल्ला सदस्य समेत हुन्। फागुन १३ गतेदेखि वीरेन्द्रनगरका सञ्चालन हुने महोत्सवको विषयमा रहेर विवाद सिर्जना भएको आशंका गरिएको छ।

सुर्खेत उद्योग वाणिज्य संघको आयोजनाका हुन लागेको उक्त महोत्सवको ठेक्काको विषयलाई लिएर दुई समूहबीच विवाद भएको प्रहरीको अनुमान छ।

गोली हानेको आरोपमा पक्राउ गरिएका चारजनालाई आज दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने डीएसपी लक्ष्मण शाहीले बताए । उनीहरूको परिचय प्रहरीले खुलाएको छैन ।

गिरी लक्षित गोली हान्ने भारतीय सुटर भएको स्रोतले बतायो । प्रहरीले घटनास्थलबाट कटुवा पेस्तोल, गोलीको खोका र १ थान मोटरसाइकल नियन्त्रणमा लिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!