माेटरसाइल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

Posted on: 18 Feb, 2024

फागुन ६, दाङ | दाङमा माेटरसाईकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ भने एक जना गम्भीर घाइते भएका छन् ।

रा ७ प ३१८६ नम्बरकाे माेटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा रूकुम पूर्व भुमे १ का २७ वर्षीय आदर्श पुनकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी जनकबहादुर मल्लले बताएका छन् ।

घाेराही उपमहानगरपालिका- १८ मा माेटरसाइकल दुर्घटना हुँदा घाइते पुनकाे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

माेटरसाइकलमा सवार अर्का गम्भीर घाइते साेही ठाँउकै ३५ वर्षीय रामकुमार पुनकाे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घाेराहीमा उपचार भइरहेकाे छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!