सार्वजनिक सवारीमा यात्रुलाई नशालु पदार्थ खुवाएर लुटपाट गरेको आरोपमा एक भारतीय पक्राउ

Posted on: 15 Feb, 2024

फागुन ३, काठमाडौँ | सार्वजनिक सवारी साधनमा यात्रुहरुलाई नशालु पदार्थ खुवाएर लुटपाट गरेको आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा चेकजाँचको क्रममा पोखरा महानगरपालिका-९ स्थित बसपार्कबाट विहार मोतिहारी जिल्ला संग्रापुर वस्ने वर्ष ४६ का दिली पटेललाई पक्राउ गरेको हो ।

यसअघि पनि सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुलाई नशालु पदार्थ सेवन गराई लुटपाट गर्ने गरेको सूचनाको आधारमा निग्रानी पश्चात उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

पक्राउ परेका व्यक्तिको साथबाट नशालु पदार्थ मिसावट भएको एक पाकेट लड्डुसमेत बरामद भएको छ ।

उनलाई जिल्ला प्रशासन कार्यालयबाट सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकताविरुद्धको कसुरमा तीन दिनको म्याद थप गरी अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!