फागुन १, नवलपरासी | नवलपरासीको सुस्ता गाउँपालिकामा हजुरबुवा र नातीको हत्या भएको छ । गएराति ६५ वर्षीय हजुरबुबा अक्षयलाल चमार र ११ वर्षीय नाती गौचरण चमारको हत्या भएको प्रहरीले जनाएको छ ।
उनीहरुको हत्या घरमै भएको हो । अक्षयलाल दुई नाती, एक नातिनी र छोरा, बुहारीसँगै बस्दै आएका थिए ।
छोरा रोजगारीका लागि भारत गएको र बुहारी पनि एक नाती र एक नातिनी लिएर भारत माइती घरमा गएकी थिइन् । नाती गौचरण भने अक्षयलालसँगै बस्दै आएका थिए । दुवै जनाको शव हत्याराले आँगनमा ल्याएर छोडेर भागेको प्रहरीले जनाएको छ । घटनास्थल रगताम्य छ । घटनाको अनुसन्धान गर्न भैरहवाबाट कुकुर मगाइएको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!