आजदेखि ई-भिसा लागू, कसरी सेवा लिने ?

Posted on: 09 Feb, 2024

माघ २६, काठमाडौँ | अध्यागमन विभागले आजदेखि ई–भिसा लागू गरेको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ई–भिसा प्रिन्ट गरेर दिँदै यसको सुरुवात गरेका हुन् ।

ई–भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सेवाको औपचारिक सुरुवात भएको विभागका महानिर्देशक रुद्रसिंह तामाङले जानकारी बताए ।

बढीभन्दा बढी पर्यटक भित्र्याउन र उनीहरूलाई सहजता प्रदान गर्न ई–भिसा लागू भएको हो । अब नेपाल आउन चाहने पर्यटकलाई भिसाका लागि दूतावास जानु पर्दैन । भने, विमानस्थलमा लाइन पनि बस्न पर्दैन । ई–भिसा देखाएपछि एयरपोर्टमा नै भिसा पाउने छन् ।

भिसाका लागि जहाँबाट पनि आफैँ आवेदन दिन सकिने छ । विभागले केही समय परीक्षण गरेर मात्रै आजदेखि लागू गरेको हो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!