दैलेख दुल्लुका वडाध्यक्ष शाहीको निधन

Posted on: 05 Feb, 2024

माघ २२, सुर्खेत । दैलेखको दुल्लु नगरपालिका–१३, का वडाध्यक्ष विर्खबहादुर शाहीको निधन भएको छ ।


दुल्लु नगरपालिकाका मेयर भरत रिजालले वडाध्यक्ष शाहीको आज बिहान निधन भएको जानकारी गराए । अध्यक्ष शाही नेकपा एमालेबाट निर्वाचित भएका थिए ।

उनी क्यान्सर रोगबाट ग्रसित भएको बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!