क्यानडा र लिग २ खेल्ने नेपाली टोली घोषणा, हेमन्त, आकाश र रिजन पहिलो पटक टिममा

Posted on: 05 Feb, 2024

माघ २२, काठमाडौँ | नेपालले घरेलु मैदानमा क्यानडासँग खेल्ने तीन ओडीआई सिरिज र आईसीसी विश्वकप लिग २ मा नामिबिया र नेदरल्यान्ड्ससँग खेल्ने त्रिकोणात्मक सिरिजको लागि नेपालको टोली घोषणा गरेको छ ।

क्यानाडाविरुद्ध नेपालले तीन खेलको एकदिवसीय सिरिज खेल्दै छ । टियु क्रिकेट मैदानमा ८ फेब्रुअरी अर्थात माघ २५ गते पहिलो खेल हुने छ भने १० फेब्रुअरी अर्थात माघ २७ गते दोस्रो तथा १२ फेब्रुअरी अर्थात माघ २९ गते तेस्रो खेल हुने क्यानले जनाएको छ । लिग २ मा नेपालले १५ फेब्रुअरी देखि २४ सम्म खेल्नेछ ।

खेल विहान ९: १५ बजेदेखि शुरु हुने छ । 

क्यानडाविरुद्धको सिरिजका लागि रोहित पौडेलको कप्तानीमा क्यानले १५ सदस्यीय टिमको घोषणा गरेको छ ।

क्यानडासँग खेल्ने नेपाली टोली :

रोहित पौडेल, आसिफ सेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भिम सार्की, आरिफ सेख, पवन सराफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सुर्य तामाङ, ललित राजबंशी, आकाश चन्द र अनिल शाह

लिग २ खेल्ने नेपाली टोली :

रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, अर्जुन साउद, दीपेन्द्र ऐरी, गुलशन झा, सोमपाल कामी, करन केसी, ललित राजवंशी, सूर्य तामाङ र रिजन ढकाल ।

हेमन्त, आकाश र रिजन पहिलो पटक टिममा 

रिजन, आकाश र हेमन्त पहिलो पटक नेपाली क्रिकेट टोलीमा परेका हुन् ।

बायाँ हाते बलर रिजनले बागमती प्रदेशबाट खेल्दै प्रधानमन्त्री कप २०२४ मा ९ खेलमा १५ विकेट लिएका थिए ।

आकाश चन्दले यू-१९ विश्वकप क्रिकेटमा अफगानिस्तानविरुद्ध एक्लै ५ विकेट लिएका थिए । हेमन्तले खुट्टामा लागेको चोटका कारण यू-१९ विश्वकप गुमाएका थिए । उनले इनस्विङ्गका साथ शानदार प्रदर्शन गर्दै आएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!