४ करोड जरिवाना र ३ वर्ष कैद सजाय सुनाइएकी घराना डेभलपर्सका सञ्चालक प्रालिकी केसी पक्राउ

Posted on: 04 Feb, 2024

माघ २१, काठमाडौँ | ४ करोड जरिवाना र ३ वर्ष कैद सजाय सुनाइएकी घराना डेभलपर्स प्रालिकी सञ्चालक मन्दिरा केसी (कार्की) पक्राउ परेकी छिन्। उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो। 


उनले क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडका पदाधिकारी तथा कर्मचारीलाई प्रभावमा पारेर घराना डेभलपर्सका नाममा रहेका भक्तपुरको साविक चाँगुनारायण गाविस ७ र ९ का जग्गा धितो राखेर कर्जा लिएकी थिइन्। तर तोकिएको परियोजनामा कर्जा लगानी नगरी दुरुपयोग गरेको भन्दै बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले उनलाई २०७१ वैशाख २९ गते दोषी ठहर गरेको थियो।

अदालतले ३ वर्ष कैद र ४ करोडको जरिवाना सुनाएपछि उनी फरार भएकी थिइन्। फरार रहेकी केसीलाई काभ्रेबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता तथा एसपी नवराज अधिकारीले बताए। फैसला कार्यान्वयका लागि उनलाई जिल्ला अदालत काठमाडौंमा पेस गरिएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!