खेलकुद पार्क बनाउने भनिएको जग्गामा टहरा बनेपछि आलोकनगरमा चल्यो महानगरको डोजर

Posted on: 04 Feb, 2024

माघ २१, काठमाडौँ | आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाइका भौतिक संरचनामाथि डोजर चलाइएको छ ।

सार्वजनिक जग्गा मिचेर बनाइएका भौतिक संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको हो ।

काठमाडौं महानगरपालिका–३१ स्थित आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाइका भौतिक संरचनामाथि डोजर चलाइएको महानगर प्रहरीले जनाएको छ ।

वडा कार्यालयले खेलकुद पार्क बनाउने तयारी गरेको सार्वजनिक जग्गामा घर टहरा बनेको थियो । अहिले १४ वटा टहरा भत्काइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!