रौतहटमा बसको ठक्करबाट एक जनाको मृत्यु

Posted on: 27 Jan, 2024

माघ १३, रौतहट | पुर्व पश्चिम राजमार्गको चन्द्रनिगाहपुरमा बसको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

सर्लाहीबाट नारायणगढ जान लागेको बा ३ ख ३४५५ नम्बरको बसले आज बिहान ४ बजेको समयमा ठक्कर दिदा चन्द्रपुर ५ का ५५ बर्षका बोधनाथ पौडेललाई ठक्कर दिदा उनको घटना स्थलमै ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी निरीक्षक सुशिल आचार्यले जानकारी दिएका छन् ।

बिहान मर्निङवाकमा निस्केका पौडेललाई चन्द्रनिगाहपुरमा रहेको जगत पेट्रोल पम्म अगाडी बसले ठक्कर दिएको थियो । अत्याधिक हुस्सुका कारण बाटो नदेखेका कारण पौडेललाई बसले ठक्कर दिएको अनुमान गरिएको छ ।

ठक्कर दिने बस र बसका चालक चन्द्रपुर नगरपालिका-४ का विजय राई लाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!