बलात्कार आराेपमा २ जना पक्राउ

Posted on: 26 Jan, 2024

माघ १२, काठमाडौँ |  खाेटाङ र धनकुटाबाट बलात्कार आराेपमा दुईजना पक्राउ परेका छन् ।  १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा खोटाङकाके बराहपोखरी गाउँपालिका-२ सुन्तले बस्ने २० वर्षीय सन्तोष आलेमगरलाई प्रहरीले पक्राउ गरेको छ । आलेमगरले ती बालिकालाई पुस २९ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा  प्रहरी चौकी हुक्नाजोरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धनकुटाकाे साँगुरीगढी गाउँपालिका-८ खुडी बस्ने ४४ वर्षीय अनके लोहोरूङ राईलाई प्रहरीले पक्राउ गरेको छ । राईले ती बालिकालाई सोही गाउँपालिका-८ टप्पु डाँडास्थित गोठमा गत मंगलबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!