बैतडीमा जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता सुरु

Posted on: 17 Oct, 2016

(सास) कात्तिक १, बैतडी | जिल्ला क्रिकेट संघ बैतडीको आयोजनामा मंगलबारदेखि जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता हुने भएको छ । बिडिसीए क्रिकेट कपका नामले संचालन हुने प्रतियोगता १६ औं संस्करण हो ।

निङ्गलासैनी खेल मैदान देहिमाण्डौं र दशरथचन्द नगरपालिका–११ रातामाटाको बुढाबाजे खेल मैदान गरी दुईओटा खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा जिल्लाका १६ ओटा क्रिकेट टिमको सहभागिता रहने जिल्ला क्रिकेट संघका अध्यक्ष रमेश बोहराले जानकारी दिए ।

प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भईसकेको छ भने आज देहिमाण्डौमा प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीको प्रमुख आथित्यमा एक कार्यक्रमका विच उद्घाटन गरिने अध्यक्ष बोहराले बताए ।

कात्तिक ९ गतेसम्म सञ्चालन हुने प्रतियोगिता टी २० फरम्याटमा खेलाइनुका साथै राउण्ड रोविन लिगको आधारमा खेलाइने बताइएको छ । उत्कृष्ठ खेलाडीलाई क्षेत्रिय प्रतियोगिताको लागि जिल्लास्तरिय टिममा छनोट गरिने छ ।

प्रतियोगितामा प्रथम हुने टिमले २५ हजार नगद, ट्रफी र प्रमाणपत्र द्वितियले १५ हजार नगद ट्रफी र प्रमाणपत्र पाउनेछन । यस्तै म्यान अफ द सिरिज हुने खेलाडीलाई एउटा क्रिकेट ब्याट प्रदान गरिने आयोजकले जनाएको छ ।

गत बर्षको बिडिसिए कपको १५ औं संस्करणको उपाधी त्रिलोचन क्रिकेट क्लवले हात पारेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!