बझाङमा जीपको ठक्करबाट घाइते महिलाको मृत्यु

Posted on: 24 Jan, 2024

माघ १०, बझाङ | बझाङमा जीपको ठक्करबाट घाइते महिलाको मृत्यु भएको छ ।

जिल्लाको केदारस्युँ गाउँपालिका- ४ बागथलाकी ६४ वर्षीया महेश्वरीदेवी मल्लको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

बुधबार बिहान घर अगाडिको धारामा पानी लिन जाने बेलामा बागथलाबाट चैनपुरतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१-००१ ज १३१६ नम्बरको जीपले ठक्कर दिएको थियो ।

जीपले ठक्कर दिँदा मल्लको टाउको र छातीमा चोट लागेको थियो । घाइते मल्लको रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरामा सामान्य उपचारपश्चात् थप उपचारको लागि धनगढी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक भरत शाहले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!