दाङमा बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु, दुई घाइते

Posted on: 22 Jan, 2024

माघ ८, दाङ | दाङमा बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

बर्दियाबाट काठमाडौँका लागि गुडेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको बस दाङको लमही नगरपालिका– ९ रिहार नजिकै गएराति दुर्घटना हुँदा बसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा बर्दिया गेरुवा गाउँपालिका– १ का भीमनाथ योगी र युवराज चौधरी रहेको इलाका प्रहरी कार्यालयले जानकारी दिए । मृतकको शव लमही अस्पतालमा राखिएको छ । घाइते दुईजनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

बसमा ४७ जना यात्रु सवार रहेका थिए । बसको पट्टा भाँचिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!